सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेग्नेन्सीबारे प्रियंकाको बयान : डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ !


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १६:२७ 
  • काठमाडौं, १० जेठ  । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

    प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्प प्रदर्शन गर्दै आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । श्रीमानसहितको तस्वीर पोस्ट गरेर उनले क्याप्सन लेखेकी थिइन्, ‘वी आर प्रिग्नेन्ट’ -हामी गर्भवती छौं ।’ आफूसहित श्रीमानलाई समेत ‘गर्भवती’ भनेको भनेर प्रियंकाको ट्रोल भयो । तर, उनी ट्रोलबाट आत्तिनेभन्दा ट्रोलमै रमाउने नायिका हुन् ।

    त्यसयता प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नयाँ-नयाँ तस्वीर पोस्ट गरिरहिन् । जति नकारात्मक कमेन्ट आए पनि उनी हतोत्साही भइनन् । केही दिनअघि उनले पोस्ट गरेको तस्वीरलाई लिएर गालीको वर्षा नै भएको थियो । त्यसमा उनले आफ्नो नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।

    विदेशी सेलेब्रिटीको नक्कल गरेर प्र्रियंकाले गरेको भद्दा फोटोसेसनलाई सामाजिक सञ्जालमा उछितो काढियो । केहीले चाहिँ आफ्नो गर्भवती अवस्थामा रमाउने उनको हक भएको भन्दै प्रियंकाको बचाउ समेत गरे ।

    Priyanka karki ???#foryou #ktm #fyp #tiktoknepal ??????

    ♬ original sound – Jyoti Aryal

     

    अहिले चाहिँ आफ्नो प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ :

    ‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपयो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्र्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

    प्रियंकाले आफ्नो पेटभित्रको बच्चाको विषयमा पनि विभिन्न अनुभव सेयर गरेकी छन् ।

    उनी भन्छिन्, ‘म बुझ्न खोज्छु, मेरो बेबी पेटभित्र किन चलिरा’को होला । सर्टेन पार्ट अफ द बडी कतातिर चल्यो भन्ने पनि थाहा हुन्छ नि अहिले त । तल पेटमा हो कि, अलि माथि हो कि । अस्ति एकचोटि चाहिँ मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । अस्ती आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या… यस्तो यस्तो मोमेन्टहरु धेरै मूल्यवान हुन्छन् ।’

    प्रियंकाका यस्ता बयानमा रमाइला टिप्पणीहरु आएका छन् । कतिपयले चाहिँ उनले आफ्ना नितान्त गोपनिय विषयहरु पनि छताछुल्ल पारेको भन्दै ‘घटिया प्रपोगण्डा’ को संज्ञा दिएका छन् ।

    श्रवण मगरले लेखेका छन्, ‘अहिलेसम्म यसले मात्रै बच्चा पाकोजस्तो हल्ला गर्दैछे त ।’

    सविता श्रेष्ठले लेखेकी छन्, ‘होइन, यो हिरोइनले हात्ति नै जन्माउन लागेकी हो कि क्याहो ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.