सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेग्नेन्सीबारे प्रियंकाको बयान : डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ !


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १६:२७ 
  • काठमाडौं, १० जेठ  । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

    प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्प प्रदर्शन गर्दै आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । श्रीमानसहितको तस्वीर पोस्ट गरेर उनले क्याप्सन लेखेकी थिइन्, ‘वी आर प्रिग्नेन्ट’ -हामी गर्भवती छौं ।’ आफूसहित श्रीमानलाई समेत ‘गर्भवती’ भनेको भनेर प्रियंकाको ट्रोल भयो । तर, उनी ट्रोलबाट आत्तिनेभन्दा ट्रोलमै रमाउने नायिका हुन् ।

    त्यसयता प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नयाँ-नयाँ तस्वीर पोस्ट गरिरहिन् । जति नकारात्मक कमेन्ट आए पनि उनी हतोत्साही भइनन् । केही दिनअघि उनले पोस्ट गरेको तस्वीरलाई लिएर गालीको वर्षा नै भएको थियो । त्यसमा उनले आफ्नो नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।

    विदेशी सेलेब्रिटीको नक्कल गरेर प्र्रियंकाले गरेको भद्दा फोटोसेसनलाई सामाजिक सञ्जालमा उछितो काढियो । केहीले चाहिँ आफ्नो गर्भवती अवस्थामा रमाउने उनको हक भएको भन्दै प्रियंकाको बचाउ समेत गरे ।

    Priyanka karki ???#foryou #ktm #fyp #tiktoknepal ??????

    ♬ original sound – Jyoti Aryal

     

    अहिले चाहिँ आफ्नो प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ :

    ‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपयो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्र्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

    प्रियंकाले आफ्नो पेटभित्रको बच्चाको विषयमा पनि विभिन्न अनुभव सेयर गरेकी छन् ।

    उनी भन्छिन्, ‘म बुझ्न खोज्छु, मेरो बेबी पेटभित्र किन चलिरा’को होला । सर्टेन पार्ट अफ द बडी कतातिर चल्यो भन्ने पनि थाहा हुन्छ नि अहिले त । तल पेटमा हो कि, अलि माथि हो कि । अस्ति एकचोटि चाहिँ मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । अस्ती आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या… यस्तो यस्तो मोमेन्टहरु धेरै मूल्यवान हुन्छन् ।’

    प्रियंकाका यस्ता बयानमा रमाइला टिप्पणीहरु आएका छन् । कतिपयले चाहिँ उनले आफ्ना नितान्त गोपनिय विषयहरु पनि छताछुल्ल पारेको भन्दै ‘घटिया प्रपोगण्डा’ को संज्ञा दिएका छन् ।

    श्रवण मगरले लेखेका छन्, ‘अहिलेसम्म यसले मात्रै बच्चा पाकोजस्तो हल्ला गर्दैछे त ।’

    सविता श्रेष्ठले लेखेकी छन्, ‘होइन, यो हिरोइनले हात्ति नै जन्माउन लागेकी हो कि क्याहो ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.