सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १२:२१ 
  • चितवन, १३ वैशाख । सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो।

    सिफारिस अनुसार सुरक्षा समितिले पनि निषेधाज्ञा घोषणा गर्न लागेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। ‘हामीलाई सिफारिस भई आएको छ, हामीले पनि यही अनुसार निर्णय गर्छौं,’ उनले भने।

    कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको उनले बताए। प्रजिअ रिजालका अनुसार निषेधाज्ञा जिल्लाभर लागू गरिनेछ।

    ‘अस्पतालहरुले धान्नै नसक्नेगरी बिरामी बढेका छन्, प्रदेश अस्पतालमा त अक्सिजनसमेत अभाव भईसकेको छ,’ प्रजिअ रिजालले सेतोपाटीसँग भने, ‘यस कारण निषेधाज्ञा गर्ने हो। त्यो बीचमा हामीले अक्सिजन प्लान्ट बनाउने, बेडहरु थप्ने लगायतका तयारी गर्छौं। त्यसले हामीलाई केही सजिलो होला।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.