कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेमा लकडाउन गर्ने तयारी
न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १५:२६
रूपन्देही, ७ वैशाख । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ ।
डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
गत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।
ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् ।