सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रौतहटमा मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १५:२० 
  • रौतहट, ७ वैशाख । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ ।

    रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमुना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदासमेत स्थानीयले सचेतना नअपनाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय गरेको छ ।

    मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    ‘अवस्था हेरेर गौरमा थप दुईवटा आइसोलेसन निर्माण गर्ने निर्णयसमेत भएको   छ,’ उनले भने, ‘होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायिक क्वारेन्टिनमा राखिने छ ।’ सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

    गौरमा घरमै रहेका संक्रमितहरु किनमेलका लागि बजार जाने तथा घरबाहिर निस्कने गुनासो बढेपछि त्यस्ता संक्रमितहरुलाई फोनमार्फत सचेत गराइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । संक्रमितहरु घरबाहिर देखिए उनीहरुलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा लगेर राखिने उनले बताए ।

    गौरको बीपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै बुधबारदेखि मास्क नलगाएमा जरिवाना हुने जानकारी प्रशासनले दिएको छ । संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन वेवास्ता गरिरहेका छन् ।

    सचेतना फैलाउनुपर्ने राजनीतिक दल, संघ–संस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रम गर्न छाडेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.