सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेको वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १४:०९ 
  • काठमाडौं, ७ वैशाख । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

    वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ,’ वडाध्यक्ष रिजालले भने, ‘यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ ।’

    वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.