सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न


  •    न्युजभित्तो/६ बैशाख २०७८, सोमबार १४:४४ 
  • काठमाडौँ, ६ वैशाख।  छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।

    जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताउनुभयो । विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताउनुभयो । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।

    सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो । जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन, कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचनासमेत निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ ।

    विद्यालयमा हाल ४२४ छात्र र ४०९ छात्रा गरी कूल ८३३ विद्यार्थी अध्ययनरत छन् । घडी राख्ने टावर, फर्निचर, विद्युत्, पानी वितरण, सोलार ब्याक अप, खेल मैदान, पैदलमार्ग, पर्खाल, मूलढोका, पम्प सेड र सुरक्षाकर्मी कक्षसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बज्राचार्यले सुनाउनुभयो । जाइकाको आकस्मिक विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत भूकम्प अतिप्रभावित छ जिल्लामा विद्यालय पुनःनिर्माण भइरहेको छ । सो योजनाअन्तर्गत २७४ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा हालसम्म २१८ विद्यालय पुनःनिर्माण सम्पन्न भएको सो अवसरमा जानकारी गराइएको थियो ।

    उक्त योजनाअन्तर्गत भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा र मकवानपुरमा विद्यालय पुनःनिर्माण भइरहेको जनाइएको छ । छ जिल्लामा ५३ प्याकेजमा काम भइरहेको कार्यक्रममा जानकारी गराइयो । यसका लागि जापान सरकारले रु एक अर्ब ५२ करोड ऋण सहयोग गरेको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.