सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १०:११ 
  • भरतपुर, ३ वैशाख । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुयाउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताउनुभयो । खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको छ । वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका
    भरतपुर, ३ वैशाख । नर्सिङ अधिकृत पूजा गिरीले बताउनुभयो । केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उहाँले बताउनुभयो । आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् । खैरहनी १, ४, ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नं ७ ले विद्यालयको भवन र ११ ले क्लबको भवनमा केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरेका छन् ।

    वडा नं ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीँबाट वडावासीले सेवा पाउनेछन् भने वडा नं ३, ९ मा नगरपालिकाले नै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताउनुभयो । “स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो”, नगरप्रमुख चौधरीले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवाबाट अब नगरवासी वञ्चित हुनुपर्दैन, आफ्नै ठाउँबाट सेवा पाउनेछन् ।” आफ्नो भवन नभएका स्वास्थ्य केन्द्रहरुको अर्को वर्ष भवन निर्माण हुने चौधरीले बताउनुभयो । खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.