सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १५:५१ 
  • खोटाङ, २२ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गर्नुभएको छ ।

    सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न गरिएको तीन तले आरसिसी भवन आज उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनमा पुग्नुभएका उहाँले भवन सञ्चालनका लागि आवश्यकपर्ने उपकरण, खानेपानीलगायत अत्यावश्यकीय सामग्री तत्काल व्यवस्थापन गर्ने मन्त्री राईले बताउनुभएको छ ।

    निर्माण सम्पन्न भवन नयाँ वर्षको अवसर पारेर वैशाख–१ गतेसम्ममा आवश्यक कर्मचारीको व्यवस्थान गरेर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका निमित्त अजयकुमार प्रमुख झाले जानकारी दिनुभयो । भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको र आगलागी हुन नदिनका लागि प्रत्येक कोठामा फाएर फायरस्टिङ्गरसमेत जडान गरिएको छ । विसं २०५५ मा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको खोटाङको कार्यालय अहिलेसम्म दिक्तेल बजारस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, परशु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले सङ्कलन गरेको चन्दाबाट खरीद गरिएको एक रोपनी एक आना जग्गा खरीद गरिएको थियो ।

    भवन अभावमा कार्यालय सञ्चालनमा समस्या झेल्दै आएको आयुर्वेदका लागि आफ्नै सुविधा सम्पन्न भवन बनेपछि सहज हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले समयअवधि अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुभएको थियो । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् । यसैबीच, कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेज ब्राण्ड’को थाल्नुभएका सामाजिक विकासमन्त्री राईलाई वडा कार्यालय बुइँपा र खोटाङ उद्योग वाणिज्य सङ्घले रक्सी उपहार प्रदान गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई कानूनी रुपमा वैधता दिएर व्यवसायीकरण गराउन माग समेत गरिएको छ । वडाबासी र वाणिज्य सङ्घले प्रदान गरेको तीनपाने रक्सी ग्रहण गर्नुहुँदै उहाँले कादोको रक्सी उत्पादनलाई व्यवसायिक तथा घरेलु उद्योगको रुपमा विकास गर्न पहल थालेको बताउनुभयो । प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत सकारात्मक रहनुभएकाले कोदोको रक्सीलाई वैधता दिने अभियानले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आउनुभएको छ । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो । विसं २०६४ मा एमालेको तर्फबाट तत्कालीन संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा भूमिका निर्वाह गर्नुभएको थियो । संविधानसभामा अन्तरपार्टी महिला सांसद समूह (ककस)को संयोजक बन्नुभएकी उहाँ २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद हुनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.