सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घोकन्ते शिक्षाले देश विकास हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई


  •    /२५ जेष्ठ २०७६, शनिबार २२:५६ 
  • बनेपा । पूर्वप्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताउनुभएको छ ।

    काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उहाँले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताउनुभएको हो । विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक/शिक्षिका लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक÷शिक्षिका हुन् । पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नुपर्दछ ।”

    कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु¥याउन नसक्ने उल्लेख गर्दै उहाँले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गर्नुभयो ।

    प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मूल्यमान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

    काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शिक्षक जसले शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले उहाँहरुको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न आग्रह गर्नुभयो ।

    पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तर अभिवृत्तिका काम भइरहेको बताउनुभयो ।

    विद्यालयका सञ्चालक रामेश्वर थापाले शिक्षामा आमूल परिवर्तन आइसकेको अवस्थामा विद्यालय र विद्यार्थीको शिक्षामा अबका दिनमा थप सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएको ११ स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.