सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिचिङ हस्पिटलमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार १३:३० 
  • काठमाडौं, १ चैत । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ हस्पिटलमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।

    काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीले जानकारी दिए । उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको डा भण्डारीले बताए ।

    मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक वर्ष यी दुवै सेवा रोकिएका थिए । हाल आएर यो सेवा सुरु भएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.