सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौँ चितवन च्याम्पियनसीप फूटबल शुरु


  •    /२४ जेष्ठ २०७६, शुक्रबार २०:०८ 
  • चितवन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप फूटबल २०७६ को उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउनुभयो ।

    मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी बनाउन सरकार लागिपरेको भन्दै उहाँले नेपाली खेलाडीले प्रतिकूलताका बाबजुद् पनि खेलिरहेका बताउनुभयो ।

    खेलकुदमन्त्री विश्वकर्माले सरकारले खेलाडीको योगदानको कदर गर्दै आजीवन भत्ताको व्यवस्था गरेको बताउनुभयो । खेलाडीको भविष्य सुनिश्चित नभएसम्म युवा पुस्ताको खेलतर्फ आकर्षण बढ्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण घट्यो भने खेलाडीले देशका लागि खेल्न सक्दैनन् ।” राज्यले खेलाडीका लागि स्वास्थ्य, जीवन, दुर्घटना बीमालगायतका सहयोग गर्ने बताउँदै उहाँले खेललाई व्यावसायिक र पेशाको रुपमा अघि बढाउन आवश्यक छ भन्नुभयो ।

    कार्यक्रममा चितवन जिल्ला फुटबल सङ्घका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सल्लाहकार सन्तोष पनेरुलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा चितवनका आठसहित १६ समूहको सहभागीता रहेको छ । आजको पहिलो खेल भरतपुर फुटबल क्लब र साविक विजेता गैँडाकोट फुटबल क्लबबीच भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो
    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    • मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.