सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन, नेपाली खुशी


  •    न्युजभित्तो/१४ फाल्गुन २०७७, शुक्रबार ११:४६ 
  • सउल, १४ फागुन । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाउने यहाँको स्वास्थ विभागले जनाएको छ ।

    पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १।५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई पटक दिने तयारी गरेको छ ।

    यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । यहाँ रहेका हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि यो खोप प्राप्त गर्नेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.