सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढ्दै


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार १०:३३ 
  • तनहुँ, २२ पुस । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो ।

    चालु आवमा चारकोठे ५२, तीनकोठे छ र दुईकोठे २० गरी ७८ विद्यालयको पुनःनिर्माण शुरु गरिएको एकाइका इञ्जिनीयर अनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चारकोठे भवनका लागि प्रतिविद्यालय रु ७० लाख २५ हजार, तीनकोठेका लागि रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ७५ हजार लागत अनुमानपश्चात निर्माण शुरु गरिएको हो । प्रतिविद्यालय माध्यामिक तहका लागि रु १६ लाख र आधारभूत तहका लागि रु १३ लाख ५० हजार लागत अनुमान भई ६१ शौचालय निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जिल्लाका ५७ विद्यालयलाई खानेपानीका लागि प्रतिविद्यालय रु सात लाख ४० हजारको दरले रकम निकासा गरिएको छ । उक्त रकम निकासापश्चात १० विद्यालयले चारकोठे, नौ विद्यालयले शौचालय र छ विद्यालयले खानेपानीको काम शुरुआत गरिसकेका छन् । म्याग्दे गाँपालिका–५ स्थित रविचन्द्र प्राथमिक विद्यालय र भिमाद नगरपालिका भिमादको धर्म माध्यमिक विद्यालयले शौचालय निर्माण पूरा गरिसकेको एकाइले जनाएको छ । छात्रछात्रा र अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ ।

    आव २०७५/७६ मा चारकोठे भवनका लागि प्रथम चरणमा रु १० करोड र दोस्रो चरणमा रु २९ करोड ४३ लाख ५३ हजार ६८९ बजेट विनियोजन भएको एकाइले जनाएको छ । विद्यालयको पुनःनिर्माणको प्रस्ताव र स्थानीय तहको सिफारिसका आधारमा निवेदन पेश गर्न लगाउने, भूकम्पबाट क्षति भएको अवस्था अवलोकन, आवश्यक कक्षाकोठा, विद्यार्थी सङ्ख्या आदिका आधारमा प्राथमिकता निर्धारण गर्ने गरिएको एकाइका सूचना अधिकारी रामेश्वर लामिछानेले जानकारी दिनुभयो ।

    विसं २०७२ को भूकम्प तथा पराकम्पनले तनहुँका ४८६ विद्यालयमध्ये २९१ विद्यालयमा प्रत्यक्ष असर परेको छ भने अप्रत्यक्षरूपमा सबै विद्यालयमा नोक्सान भएको बताइएको छ । आव २०७३/७४ देखि पुनःनिर्माण शुरु गरेकामा हालसम्म ७६ दुईकोठे, २५ तीनकोठे र ११८ दुईकोठे शौचालय र ५७ खानेपानी गरी जिल्लाका २१३ विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन् ।

    शहरको तुलनामा ग्रामीण क्षेत्रमा पुनःनिर्माण गर्ने स्थानसम्म सडकको नाजुक अवस्था, लकडाउनको प्रभाव, निर्माण सामग्रीको उपलब्धतामा असहजता, सीपमूलक कामदारको कमीजस्ता समस्याले निर्माणमा कठिनाइ भोग्नुपरेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.