सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्डोननेसियाले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने


  •    न्युजभित्तो/२२ पुष २०७७, बुधबार १०:५० 
  • काठमाडौं २२ पुस । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

    इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

    समग्र जनसंख्याको अधिकांश मानिसमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । हर्ड इम्युनिटी विकास भएको अवस्थामा समुदायमा संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्यता छ ।

    इन्डोनेसियाको कोरोना खोप कार्यक्रमको योजना अन्य मुलुकको भन्दा फरक छ । अहिले कोरोना खोप कार्यक्रम सुरु भइसकेका अधिकांश मुलुकमा सबैभन्दा धेरै पाका नागरिकहरु प्राथमिकतामा परेका छन् । किनकी यो उमेर समूहकालाई कोरोनाको जोखिम बढी हुन्छ ।

    इन्डोनेसियाका विज्ञहरुले भने सबैभन्दा पहिला फ्रन्टलाइन कर्मचारी र त्यसपछि काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइने बताएका हुन् ।

    १८-५९ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकता किन ?

    इन्डोनेसियाले अहिलेसम्म खोप वृद्ध मानिसहरुमा कतिको प्रभावकारी हुन्छ भन्ने जानकारीको लागि पर्याप्त तथ्यांक उपलब्ध नभएको बताएको छ । चीनको सिनोभ्याक बायोटेकको खोपबाट खोप कार्यक्रम सुरु गर्न लागेको इन्डोनेसियामा यो खोपको परीक्षण १८-५९ वर्ष उमेर समूहका मानिसहरुमा गरिएको थियो ।

    यद्यपि वृद्ध नागरिकहरुलाई खोपबाट बञ्चित गराउने उद्देश्य भने नरहेको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकारीले बताए । इन्डोनेसियाको खोप नियामकको सिफारिसअनुसार वृद्ध उमेरका नागरिकहरुलाई कहिलेबाट खोप दिन सुरु गरिने भन्ने कुराको निर्क्योल गरिनेछ ।

    बेलायत र अमेरिकाले अनुमति दिएको फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना खोप सबै उमेरका मानिसहरुमा प्रभावकारी देखिएको छ । तर, इन्डोनेसियाले अहिले सुरुआतमा केवल चिनियाँ खोपलाई मात्र अनुमति दिएको छ । यो मुलुकले सिनोभ्याकसँग १२ करोड ५५ लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । जसमध्ये पहिलो खेपमा ३० लाख डोज कोरोना खोप आइसकेको छ ।

    इन्डोनेसियामा फाइजरको खोप तेस्रो त्रैमासदेखि आउने अपेक्षा छ भने अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको खोप भने दोस्रो त्रैमासमा मात्र आइपुग्ने अपेक्षा छ ।

    ‘अहिले नै ठोकुवा गरेर यो खोप वितरणको सही तरिका हो भनेर भन्न सकिन्छ जस्तो मलाई लाग्दैन’, अष्ट्रेलियन नेशनल युनिभर्सिटीका पिटर कोलिङननले भने । उनका अनुसार इन्डोनेसियाको यो योजनाले कोरोना संक्रमण नियन्त्रण गर्न सक्ने तर मृत्युदर भने घटाउन नसक्ने बताए ।

    कोलिङननका अनुसार इन्डोनेसियाले युरोप र अमेरिकाभन्दा केही फरक गरेर समग्र विश्वलाई देखाउन चाहेको छ । किनकी वास्तवमा कुन सही तरिका हो भन्ने कसैलाई पनि थाहा छैन ।

    ‘काममा जाने युवाहरु सामान्यतया धेरै सक्रिय, सामाजिक र भ्रमण गर्ने हुन्छन् । त्यसैले यो नीतिले सामुदायिक संक्रमण वृद्ध उमेरका मानिसहरुलाई खोप दिएको स्थानमा भन्दा छिटो नियन्त्रणमा आउँछ’, उनले थपे, ‘कोरोना संक्रमणपछि गम्भीर लक्षण देखिने र मृत्युको जोखिम वृद्ध मानिसहरुमा हुन्छ । त्यसैले वृद्ध मानिसहरुलाई खोप लगाउनुपर्ने पनि अर्को तर्क हो । मचाहिँ दुवै तर्कमा फाइदाजनक देख्छु ।’

    यो नीतिले छिटै हर्ड इम्युनिटी विकास गर्न सहयोग गर्ला ?

    इन्डोनेसियाको सरकारले सामाजिक र आर्थिक हिसाबले सक्रिय रहने समूहलाई सबैभन्दा पहिला खोप दिने निर्णय गरेको छ । यसले छिट्टै हर्ड इम्युनिटीको विकास हुने अपेक्षा छ ।

    इन्डोनेसियाका स्वास्थ्यमन्त्री गुनाडी सडिकिनले इन्डोनेसियामा कोरोनाविरुद्ध हर्ड इम्युनिटी विकास गर्न करिब ६७ प्रतिशत अर्थात् १८ करोड १५ लाख मानिसलाई खोप दिनु जरुरी छ । प्रत्येक मानिसलाई दुई डोज दिँदा र १५ प्रतिशत खेर जान सक्ने खोपलाई गणना गर्दा समग्रमा इन्डोनेसियालाई ४२ करोड ७० लाख डोज कोरोना खोप आवश्यक देखिएको उनको भनाइ छ ।

    केही विशेषज्ञहरु भने हर्ड इम्युनिटीको विकास हुनेमा आशंका व्यक्त गर्छन् । उनीहरुका अनुसार खोप लिएका मानिसले भाइरस सार्न सक्दैनन् भन्ने प्रमाणको लागि पर्याप्त तथ्यांक उपलब्ध नरहेको उनीहरुको भनाइ छ ।

    विशेषज्ञहरुले खोप लिएपछि पनि कोरोना संक्रमण सार्न सक्ने सम्भावना हुने भन्दै आशंका व्यक्त गर्दै आएका छन् ।

    आर्थिक सुधारमा कत्तिको सहयोग पुग्ला ?

    अर्थविदहरुले इन्डोनेसियाले अहिले ल्याएको योजनाअनुसार कोरोना खोपले आर्थिक क्षेत्रमा भने सुधार आउन सक्ने बताएका हुन् । उनीहरुका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका मानिसहरुले अन्य उमेर समूहका मानिसहरुको तुलनामा सबैभन्दा धेरै खपत गर्छन् ।

    इन्डोनेसियाको अर्थतन्त्रमा पनि आन्तरिक खपतको हिस्सा ५० प्रतिशत छ । त्यसैले युवाहरुलाई प्राथमिकतामा राखेर खोप दिने योजना इन्डोनेसियाको लागि प्रभावकारी हुन सक्छ ।

    दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको इन्डोनेसियाले कोरोना महामारीको कारण दुई दशकभन्दा लामो समयमा गत वर्ष आर्थिक संकुचनको सामना गरेको थियो । सरकारले गत वर्ष इन्डोनेसियाको अर्थतन्त्र दुई दशमलव २ प्रतिशत संकुचनमा परेको आकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.