सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार १५:१७ 
  • काठमाडौं, पुस २० । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ ।

    विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै आरक्षित गर्दा सिरम इन्स्टिच्युटका प्रमुख आदर पूणेवालाले सिरम इन्स्टिच्युटको उत्पादनको अधिकांश हिस्सा विकासशील राष्ट्रका लागि हुने बताउनुभएको हो ।
    अशोसिएट प्रेससँगको टेलिफोन अन्तवार्तामा पूणेवालाले तात्काल निर्यातमा प्रतिबन्ध लगाइने बताउनुभयो । जसले गर्दा विपन्न राष्ट्रले खोपको पहिलो डोज पाउन अझै केही महिना कुर्नुपर्ने हुन्छ ।

    सिरम इन्स्टिच्युटले उत्पादन गर्ने खोप आकस्मिक प्रयोगका लागि भारतको औषधी नियामक निकायले आइतबार अनुमति दिएको थियो । सरकारले सङ्क्रमणको जोखिममा रहेका भारतीय सुरक्षित नभएसम्म खोप निर्यात गर्न नहुने शर्त राखेर अनुमति दिएको सिरमका कार्यकारी प्रमुख पूणेवालाले बताउनुभयो ।

    कम्पनीलाई निजी बजारमा खुला रुपले खोप बिक्री गर्न समेत प्रतिबन्ध लगाइएको छ । “तात्काल उक्त खोप मात्र भारत सरकारलाई दिने सहमति भएको छ ।”, पूणेवालाले बताउनुभयो । उक्त निर्णयले बजारमा खोप ‘होर्डिङ’ गर्न निरुत्साहित गर्ने विश्वास लिइएको छ ।

    विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनीसँग यस प्रकारको सहमतिले विश्व स्वास्थ्य संगठनको खोप गठबन्धन(गाभी)को निसङ्क्रमण कार्यक्रमलाई समेत प्रभाबित बनाउनेछ । गाभीले कोरोना विरुद्ध विभिन्न कम्पनीले उत्पादन गरेको खोपलाई कोभ्याक्स नाम दिएर विपन्न राष्ट्रसम्म पुर्याउने अभियान चलाउनेछ ।

    कोभ्यास खोप मार्च वा अप्रिल महिनामा मात्रै गाभीले सिरम इन्स्टिच्युटको खोप प्राप्त गर्न पाउनेछ । सिरम इन्स्टिच्युटले करीब तीस देखि चालिस करोड खोप विश्व स्वास्थ्य संगठनको गाभीलाई दिने सम्झौत ागर्ने तयारीमा रहेको छ । उक्त सम्झौता आष्ट्रा जेनेकाको उत्पादन र नोभाभाक्ससँग गरिएको दश करोड खोप आपूर्ति गर्ने सम्झौताभन्दा बाहिरको सहमति हो ।

    उहाँले सिरम इन्स्टिच्युटले उत्पादन गरेको करीब दश करोड खोप भारत सरकारलाई विशेष मूल्यमा बिक्री गर्न लागिएको बताउनुभयो । जस अनुसार दश करोड खोप मात्र प्रति डोज दुई सय भारतीय रुपियाँमा सरकारले खरिद गर्नेछ । लगत्तै मूल्य बढाइनेछ ।

    निजी बजारमा उक्त खोपको मूल्य करीब एक हजार भारतीय रुपियाँ हुनेछ । भारत सरकारले सम्झौता गरेको सात वा दशदिन भित्र राज्यभित्र खोप आपूर्ति हुने सिरमका प्रमुख पूणेवालाले जानकारी दिनुभयो । भारत र कोभ्याक्ससँग खोप वितरणको सन्तुलन बनाउने गरी सन् २०२१ को डिसेम्बर महिनासम्म कोभ्याक्सलाई बीसदेखि तीस करोड खोप आपूर्ति गरिनेछ । “हामीले सबैलाई खोप दिन सक्दैनौं, तर प्राथमिकता निर्धारण गर्न सकिन्छ ।”

    सिरम इन्स्टिच्युटले विभिन्न राष्ट्रलाई खोप बिक्रि गर्न द्विपक्षीय सम्झौता समेत गर्ने तयारी गरिरहेको छ । जस बमोजिम बङ्गलादेश, सऊदी अरेयिबा र मोरक्कोले खोप खरिद गर्ने तयारी गरिरहेको छ । सबै खोप उत्पादकले नियमित उत्पादन गरेपनि विश्व बजारमा आगामी वर्षसम्म खोपको अभाव रहीरहने पूणेवालाले दाबी गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.