सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा


  •    /१४ जेष्ठ २०७६, मंगलवार २२:०९ 
  • काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गरेको हो ।

    कर्णाली प्रदेशले टस जितेपछि आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २९० रन बनायो । दुई सय ९१ रनको विजय लक्ष्य पछ्याएको कर्णाली ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो । कर्णालीका लागि सुशान्त थापाले सर्वाधिक ३१ रन बनाए । ललित प्याकुरेलले अविजित २८, दिवान पुनले २६ तथा युनिश सिंहले २० रन बनाए । बलिङतर्फ आर्मीका सुुशन भारीले ४ विकेट लिए । यस्तै साहब आलम र करण केसीले दुई÷दुई विकेट लिए ।

    यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि राजु रिजालले ६६ रन बनाए । रोहित पौडेलले ५६, हरिकृष्ण झाले ५२, करण केसीले २८, साहब आलमले १६ तथा लोकेन्द्र चन्दले १६ रन जोडे । बलिङतर्फ कर्णालीका ललित प्याकुरेलले पाँच विकेट लिए । रवीन्द्र शाहीले दुई विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.