सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगामी मार्चभित्र कोभिडविरुद्धको खोप आउन सक्ने


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार १३:१४ 
  • काठमाडौँ, १२ पुस । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो ।

    ‘नयाँ वर्षको पहिलो तीन महिनाभित्र उपलब्ध गराउन सकिने जानकारी गाभीले दिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कति दिने भनेर खुलाएको छैन तर तयारीमा बस्न भनेको छ ।’

    उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा. गौतमले बताए । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतमा पनि तयारी थालेको छ ।

    कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आउँदो मार्चसम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयको आकलन छ । कोभाक्सले मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख जनालाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो ।

    ‘स्वास्थ्यकर्मीसहित कोभिड नियन्त्रण र व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका अन्य व्यक्ति गरी करिब ९ लाख जनालाई पहिलो चरणको खोप दिने रणनीति छ,’ मन्त्रालयका एक पदाधिकारीले भने । हालसम्म मुलुकमा कोभिड संक्रमण पुष्टि भएका २ लाख ५७ हजार २ सय जनामध्ये ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी छन् । सरकारले स्वास्थ्यसम्बन्धी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने डा. गौतमले बताए । ‘यसबाहेक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीबाहेकका अन्य जनशक्तिलाई समेत खोप दिइनेछ,’ उनले भने । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो ।

    सन् २०२१ मा कोभाक्समार्फत विश्वको कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने कोभाक्सले बताएको छ । १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको उसले जनाएको छ । कोभाक्सले अक्सफोर्ड–अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्नेछ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

    नेपालमा सरकारी खोप कार्यक्रमअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने खोपका लागि कोल्ड चेन, ओसारपसारलगायत क्षमता भएकाले यस्तो खोप सहज रूपमा उपयोग गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.