सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार ११:२४ 
  • वासिङ्टन, ७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् । आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।

    बाइडेनसँगै उनको पत्नी जिल बाइडेनले खोपको पहिलो डोज लिएकी छन् । बाइडेनको टीमले आफ्नो शुरुवाती १०० दिनमा १० करोड अमेरिकीलाई खोप दिने लक्ष्य लिएको छ । अमेरिकामा हालसम्म १.८ करोड संक्रमित फेला परिसकेका छन् भने ३ लाख १९ हजार बढीले ज्यान गुमाइसकेका छन् । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.