सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायतमा नयाँ कोरानाभाइरस फेला, खोपले काम गर्नेमा शंका


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १६:३३ 
  • काठमाडौं, पुस १ । बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरसको पहिचान गरिएको छ । उक्त भाइरस बेलायतको केही भागमा तीब्र गतिमा फैलिएको त्यहाँका सांसदहरुलाई जानकारी गराइएको छ ।

    स्वास्थ्य मन्त्री म्याट्ट हयानककले कम्तिमा ६० विभिन्न स्थानीय अधिकारीले उक्त नयाँ प्रकारको भाइरसको संक्रमणको जानकारी प्राप्त भएको जानकारी दिनुभएको छ । बीबीसीका अनुसार उहाँले विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको र बेलायतका वैज्ञानिकहरुले बिस्तृत अध्ययन गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “ सुझाब दिनुपर्ने केही छैन्, यसले नराम्ररी प्रभाब पारेको छ र खोपले काम नगर्ने अवस्था हुन सक्छ ।”

    हउस अफ कमन्समा बोल्नुहुँदै उहाँले पछिल्लो साता मात्रै तीब्र तर घातक रुपमा लण्डन, केन्ट, एस्ेक्स र हर्टफोर्डशायर लगायतको क्षेत्रमा सङ्क्रमणमा वृद्धि भएको जानकारी दिनुभयो । दक्षिणी बलायतको ६० स्थानीय क्षेत्रहरुमा करीब एक हजार त्यस्ता सङ्क्रमित फेला परेको उहाँले बताउनुभयो ।

    बेलायतका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस व्हीटीले कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन हाल अपनाइएको विधिले पनि नयाँ प्रकारका भाइरसको सङ्क्रमण छुट्याउन सकिने बताउनुभयो । हाल ब्यक्तिको स्वाब परीक्षण गरी सार्स–कोभ–२ बाट सङ्क्रमित भए नभएको छुट्याइन्छ ।

    खोप दिइसकेपछि भाइरसको ब्यवहारबारे छिट्टै नै जानकारी हुनेछ । बिर्मिघंन विश्वविद्यालयका विज्ञ डा। एलन म्याक्नेलीले बढी अत्तालिनु नहुने सुझाब दिनुहुँदै तात्कालै यो बढी सङ्क्रमण फैलाउने र बढी घातक हो भनेर अगाडि बढ्न नहुने बताउनुभयो । तर यसलाई निगरानीमा राखेर काम अगाडि बढाउनुपर्ने उहाँको सुझाब छ ।

    नयाँ प्रकारको विशेषताहरु खोज्न र बुझ्न थुप्रै प्रयासहरु भइरहेका छन् । शान्त तर तर्कपूर्ण दृष्टिकोण राखेर अगाडि बढ्नु आवश्यक रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “साधारण भाइरसको क्रमागत उन्नती हो, हामीले नयाँ प्रकारको भाइरसको उत्पत्ति हुने र जाने शृङ्खंला अपेक्षा गर्न सक्छौं ।”

    वेलकमका निर्देशक डा। जिरेमी फरारले यो सम्भाबित गम्भिर प्रकृतिको रहेको बताउनुभयो । भाइरसमाथिको निगरानी र शोध निरन्तर हुनुपर्छ र हामी भाइरस नियन्त्रणमा राख्न सकिने गरी तयारी गरेर पाइला चाल्नुपर्ने उहाँ बताउनुहुन्छ । भाइरसको व्यवहार परिवर्तन भए लगत्तै नयाँ प्रकारले आउने हुँदा हामीले बुझ्नुपर्ने उहाँ बताउनुहुन्छ ।
    उहाँका अनुसार भाइरसको सधैं रुप बदलिरहने स्वभाब हुन्छ । हामीले समस्या सामना गर्नुपरेको र यसको उत्तर नपाएकोले त्रसित भएको उहाँ बताउनुहुन्छ ।

    स्पनेमा भाइरसको प्रकोप बढ्नुमा पर्यटन महत्वपूर्ण रह्यो । नयाँ प्रकारका भाइरसबारे अहिले बेलायतमा जताततै त्रास फैलिएको छ । तर यसको वैज्ञानिक बिस्तृतीकरण तथा महत्व अझै खुलाइएको छैन् । नटिघंम विश्वविद्यालयमा मोलिक्युलर भाइरोलोजीका प्राध्यापक रहनुभएका जोनाथन बल भन्नुहुन्छ, “थुप्रै भाइरसको अनुवाशिंक सूचना चाँडै नै परिवर्तन भइरहन्छ र कतिपय अवस्थामा यस्तो परिवर्तनले भाइरसलाई सङ्क्रमण फैलाउन अझै सक्षम बनाएर वा खोप र उपचार पद्धतीले भगाउन फाइदा पुर्याउँछ ।”(बीबीसी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.