सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ९९ लाख ६ हजार पुग्यो


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १६:०३ 
  • नयाँदिल्ली, ३० मङ्सिर । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् ।

    मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७०९ जनाको मृत्यु भएको छ ।

    कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घण्टाको अवधिमा एक हजार ३७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको मृत्यु भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ । (रासस–सिन्ह्वा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.