सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई स्वीकृति दियो, अर्काे हप्तादेखि लगाउन शुरु गरिने


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार ११:२५ 
  • ओटावा, २५ मङ्सिर । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

    अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो ।

    अर्को हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्को हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिनुभयो । उहाँले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताउनुभयो ।

    उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।

    त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो ।

    विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।

    संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकमा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारकोे ज्यान गएको छ ।(रासस/एएनआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.