सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात वर्षिया बालिकाको मुटुको जटिल शल्यक्रिया सफल


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १६:४३ 
  • चितवन, २३ मंसिर । चितवन मेडिकल कलेज (सिएमसी) मा सात वर्षिया बालिकाको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । जन्मजात मुटु सम्बन्धी समस्या भएकी तनहुँ घर भई भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने सात वर्षिया खुशी थापाको मुटुको शल्यक्रिया सफल भएको हो ।

    अस्पतालका प्रा. डा. श्यामराज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजीष्ट डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनमा शल्यक्रिया सम्पन्न भएको जनाईएको छ ।

    अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार थापाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको हो । उहाँमा सानो उमेरदेखि नै सास फेर्न गाह्रो हुने, बेलाबेलामा ढल्ने, समान्यतया अरु बच्चाहरु भन्दा फरक रहेको थियो । बच्चालाई १७ महिनाको हँुदा काठमाण्डौको शहीद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको परिवारलाई उदृत गर्दै देवकोटाले जानकारी दिनुभयो ।

    प्रा.डा. श्यामराज रेग्मीले सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२ मात्र रहँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “बच्चाको मुटुको पेशमेकर राख्न जटिल विषय हो । बच्चाका लागि छुट्टै पेशमेकर पाईदैन, वयश्क्कका लागि बनेको पेशमेकर नै बच्चालाई राख्नुपर्ने भएको हुँदा जटिल बानिन्छ ।” जोखिमपूर्ण हुने हुँदा कतिपय अभिभावक र कतिपय चिकित्सकले पनि यस्तो शल्यक्रिया गर्न हिच्किचाउने गरेको प्रा.डा. रेग्मीले न्युजभित्तोलाई बताउनुभयो ।

    मंसिर २० गते अस्पाल भर्ना भएकी थापालाई २२ गते शल्यक्रिया गरिएको हो । हाल बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

    प्रायः उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने चिकित्सकले बताएका छन् । यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्षसम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुनः शल्यक्रिया गरी सो पेशमेकर फेर्नु पर्ने हुन्छ ।

    दैनिक १५ सय बढी बिरामी आउने यस कलेजमा प्रत्येक दिन ३० भन्दा बढी शल्यक्रिया हुने गरेको प्रमुख कार्यकारी निर्देशक देवकोटाले जानकारी दिनुभयो । अस्पतालले चौविसै घण्टा विशेषज्ञ सहितको ईर्मेजेन्सी सेवा, सिटिस्क्यान, एमराआई, क्याथ ल्याब सहितका बिशिष्ट सेवा समेत दिँदै आएको छ । आर्थिक रुपमा कमजोर रहेका विरामीहरुको निःशुल्क उपचार र नेपाल सरकारको विपन्न नागरिक उपचार सेवा समेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो । यस कलेजमा हालसम्म पाँच हजारभन्दा बढीको मुटुको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको अस्पतालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.