सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १३:४१ 
  • नयाँदिल्ली, २३ मंसिर । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।

    भारतमा फाइजर कोभिड–१९ का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो ।

    विभागका एक अधिकारीले भन्नुभयो, “फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।”

    यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ ।

    फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ ।

    “प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ । यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,” एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भन्नु भएको छ ।

    हाल, भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा संचालनमा छ ।

    एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।

    पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताउनुभयो । यस कम्पनीले हाल प्रति महिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रति महिना १० करोड डोज उत्पादन गर्ने योजना छ ।

    कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ ।

    भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान संचालनका लागि पूर्व तयारी शुरु गरिसकेको छ ।

    हाल, भारतमा पाँच किसिमका कोभिड–१९ खोपहरु विकासको लगभग अन्तिम चरणमा पुगेका छन् ।

    गत हप्ता भारतीय प्रधानमन्त्री मोदीले विज्ञहरुले भनेबमोजिम केही हप्ताभित्रै खोप तयार हुने बताउनु भएको थियो ।

    यसैबीच, भारतमा कोरोनाभाइरस संक्रमितको संख्या मंगलबारसम्म ९७ लाख पुगेको छ । भारतमा १ लाख ४० हजार ९९४ जनाको मृत्यु भइसकेको छ । (रासस/सिन्ह्वा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.