सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यानडामा जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १३:३४ 
  • ओटावा, १९ मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ।

    क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो ।

    “यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    उहाँलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

    सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उहाँलाई दिइएको छ ।

    उहाँले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

    क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । (रासस/एएनआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.