सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१० महिनाको अवधिमा चितवनमा देखीयो ६७ एचआईभी संक्रमित र १६ को मृत्यु


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार ११:३७ 
  • १६ मंसिर, चितवन । चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् । मृत्यु हुनेमध्ये एक संक्रमित पुरुषलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो ।

    भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र ९एआरटी सेन्टर०का अनुसार गएको १० महिनामा समुदायस्तरमा पुगेर ६ हजार ७०६ जनामा एचआईभी परीक्षण गर्दा ६७ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेका छन् । तीमध्ये ११ जनामा क्षयरोग पनि देखा परेको छ । कार्यक्रमका फोकल पर्सन डा। युवनिधी बसौलाले एचआईभी संक्रमितलाई क्षयरोगको जोखिम पनि उच्च हुने बताए ।

    एचआईभी संक्रमित हुँदाहुँदै मदिरापान, कलेजो, क्यान्सर, रक्तअल्पता, क्षयरोग आदि समस्याका कारण उनीहरुको मृत्यु हुने गरेका छ । अधिकांश थपिने नयाँ संक्रमितहरु सुई साटासाट भन्दा पनि असुरक्षित यौन सम्पर्कका कारणले संक्रमित भएको पाइएको डा। बसौलाले बताए । धेरैजसो घुमुवा सेक्स वर्करहरुमा एचआइभीको संक्रमण देखिएको उनले बताए ।

    चितवनमा सन् २०२० को हालसम्ममा अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका बिरामीको संख्या ४० पुगेको छ । त्यसमा २१ जना पुरूष, १६ जना महिला र तीन जना बालबालिका छन् । १० महिनाको अवधिमा औषधि सुरू गरेका नयाँ बिरामीको संख्या भने ११६ छ । त्यसमा ६४ पुरूष, ४७ महिला र पाँच जना बालबालिका छन् ।

    सन् २००७ यता भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ९३ पुगेको छ । त्यसमा ९८९ पुरूष, ७६० महिला र १४५ जना बालबालिका छन् । एआरभी औषधि लिनेको संख्या भने ९०० पुगेको छ । त्यसमा ४५८ पुरूष, ४४२ महिला र ५० जना बालबालिका छन् । चितवनमा अहिलेसम्म १४२ संक्रमितको मृत्यु भएको छ ।

    नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ । हालसम्म २३ हजार १३७ जना एचआईभी पत्ता लागेको छ । औषधि सेवन गर्नेको कुल संख्या भने १८ हजार ६२८ जना रहेको एचआईभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन ९एएचएफ० चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए ।

    नेपालमा नयाँ पत्ता लागेका एचआइभी संक्रमितको संख्या ७९० र हालसम्म मृत्यु भएकाको संख्या ७४० छ ।

    एचआईभी संक्रमित भएकाहरुलाई कोरोना भाइरसको संक्रमण भए जोखिम बढी हुने भएकाले थप सतर्कता अपनाउनुपर्ने डा। बसौलाले बताए ।

    लकडाउनको समय अवधिभर भरतपुरको उपचार केन्द्रले सम्भव भएका स्थानहरुमा बिरामीको घरमै पुगेर परामर्श र औषधि दिने कामसमेत गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.