सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, अनशन तोडियो


  •    /६ जेष्ठ २०७६, सोमबार ००:०१ 
  • भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ ।

    सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् ।

    प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको नेतृत्वमा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला सङ्घकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो ।

    सहमतिमा केन्द्रमा करारमा रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदको विज्ञापन गरि परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन एवं परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ ।

    त्यस्तै यस केन्द्रका लागि आईसियू तथा यूरोलोजी विभाग लोकसेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने, त्यसपछि कार्डियोलोजी, हेपाटोलोजी विभागको स्थापना गर्ने, परीक्षा सञ्चालन गर्दा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको उमेर वा अरु कुनै कारणले नियुक्ति नपाएमा खाइपाइ आएको करार नियुक्तिलाई निरन्तरता दिने सहमति भएको छ ।

    नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका यस केन्द्रका नियमावलीलाई परिमार्जन एवं संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी कार्यदल गठन गरि संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने सहमति भएको छ ।

    लोकसेवाको मौखिक अन्तवार्ताको निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तवार्ताका लागि आह्वान गर्ने, परीक्षा आगामी कात्तिक महीनाको तिहारपछि सञ्चालन गर्न केन्द्रसमेतले सम्बन्धित निकायलाई अपिल गर्ने, केन्द्रमा तत्काल नर्सिङ डाइरेक्टर करारमा नियुक्ति गरी स्थायी प्रक्रिया अगाडि बढाउने, केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

    अनशन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने र गिरफ्तार भएकाको तत्काल रिहाइ गरी मुद्दा फिर्ता लिने सहमति भएको छ । अस्पताल प्रशासनले आज राति नै विज्ञप्ति प्रकाशित गरि आन्दोलनरत् पक्षसँग सहमति भएकाले तत्काल सेवामा फर्कन र बिरामीको उपचारमा निरन्तर लाग्न आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.