सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा पाँच सुरक्षाकर्मी र ४० लडाकू मारिए


  •    /१ जेष्ठ २०७६, बुधबार २२:४२ 
  • काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा पाँच सुरक्षाकर्मी र ४० तालिबान लडाकू मारिएका छन् ।

    अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा उनीहरू मारिएका हुन् ।

    मारिएका सुरक्षाकर्मीहरूमध्ये तीन जना अफगानी सैनिक र दुई जना प्रहरी अधिकृत रहेका छन् । उनीहरू अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा पर्ने शुमुल्जायमा मारिएको अधिकारीहरूको भनाइ छ ।

    तालिबान लडाकूहरूले मङ्गलबार बेलुकी आक्रमण गरेपछि भएको सो घटनामा परी चार जना तालिबान लडाकू पनि मारिएका छन् । त्यसैगरी पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको भिडन्तमा परी कम्तीमा १७ लडाकू घाइते भएका छन् ।

    नव बहार जिल्लामा भएको अर्को घटनामा परी चार तालिबान लडाकू मारिएका छन् । सो घटना मङ्गलबार भएको हो ।

    त्यसैगरी खेलाहजीमा भएको घटनामा चार लडाकू मारिएको र आठ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले देशका अन्य ठाउँमा पनि गत २४ घण्टाको अवधिमा विभिन्न आक्रमण र भिडन्त भएको जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.