सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा पाँच सुरक्षाकर्मी र ४० लडाकू मारिए


  •    /१ जेष्ठ २०७६, बुधबार २२:४२ 
  • काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा पाँच सुरक्षाकर्मी र ४० तालिबान लडाकू मारिएका छन् ।

    अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा उनीहरू मारिएका हुन् ।

    मारिएका सुरक्षाकर्मीहरूमध्ये तीन जना अफगानी सैनिक र दुई जना प्रहरी अधिकृत रहेका छन् । उनीहरू अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा पर्ने शुमुल्जायमा मारिएको अधिकारीहरूको भनाइ छ ।

    तालिबान लडाकूहरूले मङ्गलबार बेलुकी आक्रमण गरेपछि भएको सो घटनामा परी चार जना तालिबान लडाकू पनि मारिएका छन् । त्यसैगरी पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको भिडन्तमा परी कम्तीमा १७ लडाकू घाइते भएका छन् ।

    नव बहार जिल्लामा भएको अर्को घटनामा परी चार तालिबान लडाकू मारिएका छन् । सो घटना मङ्गलबार भएको हो ।

    त्यसैगरी खेलाहजीमा भएको घटनामा चार लडाकू मारिएको र आठ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले देशका अन्य ठाउँमा पनि गत २४ घण्टाको अवधिमा विभिन्न आक्रमण र भिडन्त भएको जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.