सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना विरुद्धको खोप तयार भएको रुसको दावी, राष्ट्रपति पुटिनकी छोरीमा परीक्षण


  •    न्युजभित्तो/२७ श्रावण २०७७, मंगलवार २०:४१ 
  • चितवन । रुसले कोरोना भाइरस (कोभिड १९) विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताउनु भएको छ । उक्त खोप आफ्नै छोरीमा पनि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

    पुटिनले भन्नुभयो “मेरी वयस्क छोरीले नै यसको परीक्षणमा भाग लिएकी छिन् । उनलाई भ्याक्सिनको दुई डोज दिइएको छ ।” पुटिनका अनुसार भ्याक्सिन लगाउँदा उनकी छोरीको शरीरको तापक्रम १००.४ डिग्री फरेनहाइट थियो । त्यसको भोलिपल्ट तापक्रम घटेर ९८.६ डिग्री कायम भयो । दोस्रो भ्याक्सिनपछि छोरीको तापक्रम सामान्य अवस्थामा आएको उहाँले बताउनुभयो ।

    “अहिले उनले आराम महसुस गरिरहेकी छन् र एन्टिबडीहरु उच्च संख्यामा छन्” पुटिनले भन्नुभयो । पुटिनका दुई छोरीहरु मारिया र क्याटेरिया छन् । उनीहरुमध्ये कुन छोरीलाई भ्याक्सिन दिएको हो भन्ने पुटिनले खुलाउनु भएको छैन ।

    रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गर्नुभएको छ। उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड–१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताउनु भएको छ ।

    तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् । उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका हुन् । यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको उल्लेख गरेको छ ।

    गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब मास भ्याक्सिनेसन सुरु गर्ने बताएको थियो । रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । (बीबीसीको सहयोगमा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.