सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु, आठ शेर्पा आरोही सगरमाथा चुचुरोमा


  •    /३१ बैशाख २०७६, मंगलवार १६:०१ 
  • काठमाडौँ / वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न पौने २ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आजदेखि आरोहण शुरु भएको जानकारी दिनुभयो ।
    सङ्खुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सङ्खुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा हुनुहुन्छ । उहाँहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसन–२०१९’ बाट जानुभएको र सगरमाथाको आधार शिविरमा रहनुभएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ ।
    सगरमाथाको शिविर २ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले पाएको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

    विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाट मात्र छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.