सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केयरलाई पहिलो वर्षमै सफलता


  •    /३१ बैशाख २०७६, मंगलवार १४:०० 
  • नारायणगढ : कृषि, वन र नर्सिङ्ग संकायका विद्यार्थीहरुलाई तयारी कक्षा सञ्चालन गर्दै आएको सेन्टर फर एग्रिकल्चरल एण्ड एजुकेशन (केयर) ले पहिलो वर्षमा ठूलो सफलता प्राप्त गरेको दावी गरेको छ । संस्थाले सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी स्थापनाको छोटो समयमा नै सफलता प्राप्त गरेको जनाएको हो ।

    केयरका प्रबन्ध निर्देशक भुवन पौडेलका अनुसार कृषि क्षेत्रमा प्रशस्त अवसर सिर्जना गर्ने उघेश्यले संस्था मार्फत तयारी कक्षा संचालन भइरहेका छन् । विद्यार्थीलाई अन्तक्र्रियात्मक र मनोवैज्ञानिक तरिकाले अध्यापन गराइनुले सफलता मिलेको बताउँदै उहाँले विज्ञान विषय लिई दश जोड दुई पास गरेका विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा सञ्चालनमा ल्याइएको बताउनुभयो । तयारी कक्षा लिइसकेपछि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उहाँले विद्यार्थीले स्नातकतह अध्ययन गर्नुअघि तयारी कक्षा लिनुपर्ने बताउनुभयो ।

    संस्थाले विद्यार्थीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक तबरबाट अध्यापन गराईरहेको संस्थाका योजना निर्देशक डा.गृहमणि नेपालले बताउनुभयो । संचालनको शुरुवाती क्षणबाटनै यहांँ अध्ययन गर्ने विद्यार्थीहरुहरुले ९० प्रतिशत नतिजा ल्याउन सफल भएको बताउँदै उहाँले भन्नुभयो “देशका विभिन्न विश्वविद्यालयमा यहांँ अध्ययन गरेका विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।”

    सो अवसरमा संस्थाका अध्यक्ष बद्रीप्रसाद अर्यालले संस्थाले कृषि, वन, भेटेरीनरी, फिसरी, खाद्यप्रविधि तथा नर्सिङ्ग विषयका तयारी कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । संस्थाले डिजाइन गरेका कोर्ष ६ महिनाको अवधिका रहेका छन् ।

    यस वर्षपनि विद्यार्थीको चाप बढिरहेको बताउँदै अध्यक्ष अर्यालले अब सीमित सिटका लागि मात्रै भर्ना लिन सकिने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
    विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
    • हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार
    • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
    • भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…
    • चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.