राष्ट्रिय
काठमाडौँ, ३१ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको...
काठमाडौं, ३१ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा...
काठमाडौं, ३१ चैत । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको...
गोरखा, ३१ चैत । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट...
काठमाडौं ३१ चैत । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ ।...
खोटाङ, ३१ चैत । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले...
काठमाडौं ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ...
पोखरा, ३१ चैत । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा...
उदयपुर, ३१ चैत । यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा...
गलकोट, ३१ चैत । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ । सरकारले...












