सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको आश्वासन दिए : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार ११:०७ 
  • काठमाडौं, ५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको आश्वासन दिएका छन् ।

    शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले रिक्त रहेका संसदीय क्षेत्रमा उपचुनाव र कांग्रेसको महासधिवेशनको चाप पर्ने कुरा उठाएपछि प्रधानमन्त्रीले कांग्रेसको प्रष्ट धारणा मागेको स्रोतले जनाएको छ ।

    कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधीले यो कुरा उठाएपछि प्रधानमन्त्रीले कानूनी कुरामा सरकारले केही निर्णय गर्नुपर्छ भने आफू त्यसका लागि सघाउन तयार रहेको बताएका थिए ।

    संविधान अनुसार ५ वर्षभित्र हरेक पार्टीको महाधिवेशन गर्नुपर्छ । कांग्रेसको महाधिवेशन भएको ५ वर्ष पुगिसकेको छ र भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोकिएको छ । भदौमा महाधिवेशन नगर्दा कानूनी जटिलता समेत आउनेछ ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकका एक सहभागीले भने, ‘तपाईहरुले भदौ ७ गते गर्ने भन्नुभएको छ । उसै पनि त्यो दिन गाइजात्राको दिन रहेछ । सरकारले सहयोग गर्नुपर्छ भने कांग्रेसले प्रष्ट भनोस् । लामो लोकतान्त्रिक इतिहास भएको पार्टीको हरकोही अप्ठेरोमा सहयोग गर्न सरकार तयार छ ।’

    ओलीले गाइजात्राको प्रसंग उठाएपछि देउवाले ‘कहाँ गाइजात्रा ? त्यसै गाइजात्रा भन्दिने ? भन्देखिन्लाई’ भनेर सो विषय अन्यत्र मोडेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.