सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार तत्काल परिवर्तन नहुने ,सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १२:४२ 
  • कैलाली , ५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ ।

    नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न सञ्चारमाध्यमहरूमा सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल नभएको बताए ।

    ‘हिजो हामीले नेता मानेका मान्छेहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउन मिसन बनाएर लागेका छन्’ मुख्यमन्त्री भट्टको आरोप थियो ।

    ‘पछिल्लो समय सरकारको विषयमा धेरै समाचार आएका छन् । मुख्यमन्त्री हटाउने बारेमा पनि समाचार छन्,’ उनले भने ।, ‘स्थायी सरकारको कल्पना गरेर नै हामीले चुनावमा लडेका हौँ तर विडम्बनाको कुरा छ त्यो हुन सकेन । पछिल्लो परिस्थिति जटिल बनेको छ ।’ केन्द्रको असर अहिले प्रदेशहरूमा पनि परिरहेको उनको भनाइ थियो ।

    कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।
    ‘कोरोना महामारीमा सङ्घीय सरकारले हामीलाई सहयोग नगरेको कारणले हामीलाई धेरै समस्या भयो’ उनले गुनासो पोखे ।

    मुख्यमन्त्री भट्टले भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधीको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको दावी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.