सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाख्राफार्ममा आगलागी हुँदा रु ६० लाखको क्षति


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार ११:४९ 
  • झापा, ५ वैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् ।

    ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।

    विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

    घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.