राष्ट्रिय
काठमाडौं,१७ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि विभागले पुरानै मूल्यमा चामल बेच्न...
काठमाडौं,१६ साउन । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल...
काठमाडौँ,१६ साउन । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान...
काठमाडौं,१२ साउन । शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक...
काठमाडौँ,१२ साउन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाले नियमित बुलेटिनमार्फत् कोशी जलाधार क्षेत्रअन्तर्गतको तामाकोशी नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ। यस्तै, नारायणी जलाधार क्षेत्रअन्तर्गत बूढीगण्डकी...
काठमाडौं,११ साउन । नेपाली बजारमा सुनको भाउ आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय पुगेको छ। साताको पाँचौँ दिन सुनको मूल्य एक लाख १३ हजार नाघेको हो। बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा...
काठमाडौँ,११ श्रावण। काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न बुझाउनपर्ने सम्पत्ति कर-बहाल कर-व्यवसाय करमा...
गण्डकी,९ साउन। देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर...
काठमाडौं,७ साउन। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ,...
काठमाडौँ, ४ साउन। विसं २०८१ को पञ्चाङ्ग ९पात्रो० प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त...













