राष्ट्रिय

भोलिदेखि थप केही दिन मनसुन सक्रिय, अति ठूलो पानी पर्ने सम्भावना
-न्युजभित्तो

काठमाडौं, २६ साउन । भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका...

सय दिन पुगेको कार्यक्रममा अनिवार्य उपस्थित हुन डाक्टर-कर्मचारीलाई निर्देशन
-न्युजभित्तो

काठमाडौं,२५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका छन्। शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन...

१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन
-न्युजभित्तो

काठमाडौं, २५ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार...

आज नारायणीसहित यी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं,२४ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार बिहान एक सूचनामार्फत महाशाखाले यस्तो आग्रह गरेको हो । आज नारायणी, महाकाली र बबई नदीको तराई क्षेत्रमा जलसतह...

आज देशैभरी ठूलो पानी पर्ने सम्भावना
-न्युजभित्तो

काठमाडौं,२३ साउन ।  नेपालमा मनसुन सक्रिय रहेको छ ।  पछिल्लो दुई दिनदेखि परिरहेको पानी आज मंगलबार झनै फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ।...

लम्पी स्किन:एक लाख बढी गाईभैँसीलाई खोप
-न्युजभित्तो

गण्डकी,२३ साउन । गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय...

चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशियो
-न्युजभित्तो

चितवन,२२ साउन । चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशिएको छ । वर्षात्मा हुने डुबानका कारणले भारतमा गोलभेँडाको उत्पादन घटेकोले चितवनबाट भारत गोलभेँडा निर्यात हुन थालेको हो । वर्षाको मौसममा गोलभेँडाको उत्पादन उसै त कम हुन्छ त्यसैमाथि पनि कम उत्पादन...

दैनिक प्रयोग हुने शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम
-न्युजभित्तो

काठमाडौँ,२१ साउन । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा...

सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं,२१ साउन । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । वर्षासँगै नदीमा जलसतह बढ्दै गएको हो । आज महाकाली नदीमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान...

नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
-न्युजभित्तो

काठमाडौँ,१७ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख...