सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब अनलाइनबाटै लाइसेन्स नवीकरणको शुल्क तिर्न सकिने


  •    न्युजभित्तो/२५ आश्विन २०८०, बिहीबार १५:२४ 
  • काठमाडौं, २५ असोज । बागमती प्रदेशमा लाइसेन्स नवीकरणको शुल्क बुधबारबाट अनलाइनबाटै तिर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले बुधबारबाट लागू हुने गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ।

    विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार हाल यो सेवा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सुरू गरिएको छ। छिट्टै यो सेवा बागमती प्रदेशमा रहेको अन्य यातायात व्यवस्था कार्यालयबाट पनि सञ्चालनमा ल्याइनेछ।

    यसभन्दा अघि यातायात कार्यालय कास्कीमा लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै तिर्न सकिने सेवा सुरू भइसकेको हो। प्रवक्ता पनेरुका अनुसार भविष्यमा नेपालभरका यातायात कार्यालयबाट लाइसेन्सको लागि आवेदन बुझाउँदा र नवीकरण गर्दा अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा विस्तार गरिनेछ।

    यो सेवा सञ्चालन भएसँगै सेवाग्राहीले लाइसेन्सको आवदेन दिँदा वा नवीकरण गर्दा लामो लाममा बस्नुनपर्ने भएको छ। सेवाग्राही यातायात कार्यालयमा बायोमेट्रिक्स र मेडिकल रिपोर्टको लागि मात्रै पुग्दा हुन्छ।

    विभागले भविष्यमा यातायात कार्यालयबाट हुने हरेक भुक्तानी अनलाइन प्रणालीमार्फत् गर्न सकिने व्यवस्था मिलाउने समेत जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.