राष्ट्रिय

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय...

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ४ कात्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपतिले प्रकोपपीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार,...

बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग
-न्युजभित्तो

म्याग्दी, ४ कात्तिक । परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो । मङ्गलबार बिहान जोमसोमदेखि हिँडेका उहाँको टोली...

महोत्तमा एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति
-न्युजभित्तो

जलेश्वर, ४ कात्तिक । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच,...

माओवादीले तोक्यो ३२ विभागका प्रमुख
-न्युजभित्तो

काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । अर्थ तथा...

सुन प्रतितोला रु ३०० ले वृद्धि
-न्युजभित्तो

काठमाडौँ, ४ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार...

प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा
-न्युजभित्तो

डोटी, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि...

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६...

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
-न्युजभित्तो

वालिङ, ४ कात्तिक । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी...

सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते
-न्युजभित्तो

सप्तरी,४ कात्तिक । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् । आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले...