राष्ट्रिय
चितवन, ९ कातिक। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि...
काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले...
विराटनगर,९ कात्तिक । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका-५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र)तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक...
बिराटनगर, ९ कात्तिक । बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् रु भनेर सर्वत्र आलोचना भईरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा मुख खोलेका छन् । अध्यक्ष ओलीले अदालतभित्र भइरहेको...
काठमाडौँ, ९ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४००...
विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको...
काठमाडौं,९ कात्तिक । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका...
सुशीला रेग्मी, रामपुर (पाल्पा), ९ कात्तिक । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात...
जलेश्वर, ९ कात्तिक । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको...
नारायण अधिकारी चितवन, ९ कात्तिक । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय...









