सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय जनगणना : तनहुँमा ४९० गणक खटाइने


  •    न्युजभित्तो/२१ कार्तिक २०७८, आईतवार ०९:५२ 
  • दमौली, २१ कात्तिक । तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खटिने गणकका लागि पाँच ठाउँमा तालिम सञ्चालन गरिसकिएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।

    व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पस, भिमाद नगरपालिका र घिरिङ तथा ऋषिङ गाउँपालिकाको भिमाद बजारमा, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको डुम्रे बजारमा, देवघाट र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारमा र शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको बेलचौतारामा तालिम सञ्चालन गरिएको थियो । तालिममा ४९० गणक र ३२ जना सुपरीवेक्षकको सहभागिता थियो ।

    उहाँ अनुसार तालिममा घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन् । सोहीका आधारमा अब गणकले यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन् ।

    गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

    जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व छ ।

    ९१ हजार घरपरिवार सूचीकृत

    जिल्लामा ९१ हजार घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका ९१ हजार घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरणअन्तर्गत १३० सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना अधिकारी सापकोटाले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ७८ हजार ३०९ परिवार सूचीकृत गरिएको थियो भने तीन लाख २३ हजार २८८ जनसङ्ख्या थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.