राष्ट्रिय
ताप्लेजुङ,२८ फाल्गुन। ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा...
रसुवा,२८ फागुन। रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका...
बैतडी,२८ फागुन। महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना...
त्रिशूली,२८ फागुन। काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न...
काठमाडौँ,२८ फाल्गुन । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि...
काठमाडौँ,२७ फागुन। डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् । विरोध...
काठमाडौँ,२७ फाल्गुन । अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ । सो अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र...
काठमाडौँ,२७ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ५६०७ जनामा पिसिआर परिक्षण गर्दा ६२ जना र २३७४ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ७९८१* नमुनाको परीक्षण गर्दा ७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौँ,२७ फाल्गुन। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । आज शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै...
तुलसीपुर,२७ फाल्गुन। पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुन्...










