महानगर र उपमहानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
न्युजभित्तो/३ बैशाख २०७९, शनिबार ०७:३४
काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।