सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनमा केही समस्या हुँदैन, भोलिसम्ममा टुङ्गो लाग्छ : अध्यक्ष दाहाल


  •    न्युजभित्तो/३ बैशाख २०७९, शनिबार ०८:४६ 
  • चितवन, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल गठवन्धनको टुङ्गो भोली सम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज शनिबार बिहान पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनु भएको हो ।

    उहाँले गठबन्धनमा केही समस्या नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलीसम्मा एउटा टुङ्गोमा पुग्छौ ।” निर्वाचनको समयमा एउटै पार्टी भित्र समेत विवाद बहस हुने भन्दै उहाँले दलहरुका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताउनुभयो । उहाँले भरतपुर महानगरको बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

    गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भईरहेको छ नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठवन्धन भित्र सकारात्मक छलफल भईरहेको उहाँको दावी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.