कम्युनिष्ट गठबन्धन रोक्नका लागि पार्टीको निर्णय, तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई : गगन थापा
न्युजभित्तो/३ बैशाख २०७९, शनिबार १२:२१
काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्ट गठबन्धन गरेर जाने र एकता समेत गर्न सक्ने सम्भावना भएकोले पार्टीले तालमेलको निर्णय गरेको बताउनु भएको छ । काठमाण्डौंको बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको उहाँले बताउनु भएको हो ।
महामन्त्री थापाले नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने बताउँदै भन्नुभयो “अन्य दलहरू (कम्युनिष्ट) गठबन्धन गरेर जाने र एकतासमेत गर्नसक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको हो ।”
पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उउहाँले भन्नुभयो “पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।”
गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उहाँले यसको अधिकार तल्लो कमिटीलाई भएको बताउनुभयो ।