राष्ट्रिय

प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ...

सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका...

टोर्नेडो पीडितलाई ८ सय ६९ घर हस्तान्तरण, नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री

वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टोर्नेडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न आज...

‘टोर्नेडो’ पीडितका साथमा नेपाली सेना, स्थानीय भन्छन्, ‘सेना भगवान बनेर आयो’

अशोक घिमिरे वीरगञ्ज । जबजब मुलुकमा विभिन्न सङ्कट आइपर्छ तब सबैले सम्झन्छन् र गुहार्छन् नेपाली सेनालाई । राष्ट्रिय सुरक्षासम्बन्धी समस्या होस् वा कुनै पनि प्राकृतिक प्रकोपको समयमा पीडितको मनमा हुन्छ, “सेना कति बेला आइपुग्छ ?” आगलागी, डुबान, बाढीपहिरो, भूकम्प, कुनै...

चितवन निकुञ्ज क्षेत्रमा स्थायी संरचना बनाइँदैन : वनमन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभरका राष्ट्रिय निकुञ्जका छुट्टाछुट्टै नियमावली रहेको सन्दर्भमा सबैको एकीकृत नियमावली निर्माण गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै मन्त्री बस्नेतले निकुञ्जभित्र सेवा सुविधा सञ्चालन गर्न दिने सम्बन्धमा...

छिटोभन्दा छिटो ‘एक्सन’ द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

साथीबीचको झगडामा एकको हत्या

काठमाडौँ । काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको हत्या भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको हत्या भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र...

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

काठमाडौँ । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक...

रवि लामिछाने जिल्ला अदालत चितवनको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका छन् । आफूहरुलाई धरौटी तिराउने जिल्ला अदालत चितवनको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गर्दै लामिछाने र कँडेलले आज पाटन उच्च अदालतको हेटौंडा...

घना बस्तीका कारण पुनःनिर्माणमा राजधानी सबैभन्दा कमजोर

काठमाडौँ । देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान...