पूर्व सभामुख महरा याैन दुर्व्यवहारकाे अभियाेगमा पक्राउ
न्युजभित्तो/१९ आश्विन २०७६, आईतवार १८:०७
पूर्व सभामुख कृष्णबहादुर महरालाई याैन दुर्व्यवहारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले आजै महरालाई पक्राउ गर्ने अनुमती दिएकाे थियाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि बढाइएकाे छ । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीको किटानी जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो । शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
एक अनलाइनसँगको अन्तर्वार्तामा रोशनीले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए । त्यसको दोस्रो दिन अर्काे अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् । असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । सोही जाहेरीका आधारमा आज महरालाई पक्राउ गरिएको हो ।
शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महरालाई याैन दुर्व्यवहारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले आजै महरालाई पक्राउ गर्ने अनुमती दिएकाे थियाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि बढाइएकाे छ । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीको किटानी जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो । शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
एक अनलाइनसँगको अन्तर्वार्तामा रोशनीले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।
त्यसको दोस्रो दिन अर्काे अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।
असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । सोही जाहेरीका आधारमा आज महरालाई पक्राउ गरिएको हो ।
शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।