राजनीति

कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग
-न्युजभित्तो

काठमाडौँ, २३ वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो...

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला
-न्युजभित्तो

हेटौंडा, २३ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित हुनुभएको छ । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो । दलका नेता...

राष्ट्रियसभा निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने : एमाले
-न्युजभित्तो

काठमाडाै,२३ वैशाख । नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल...

ओली र नेपाललाई मिलाउने अन्तिम प्रयास,
-न्युजभित्तो

काठमाडौं, २३ वैशाख । एमालेमा चर्किरहेको विवाद क्लाइमेक्सतर्फ जाँदैछ। यही २७ वैशाखमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमा मतदान हुँदा वा त्यसअघि नै एमालेमा फागुन २३ पछि उत्पन्न कलहको क्लाइमेक्स देखिनेछ। र पट्यार लाग्दो एमाले विवादको श्रृंखला अन्त्य...

स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शितल निवासमा
-न्युजभित्तो

काठमाडौं, २३ वैशाख। एमाले स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ : ४५ देखि राष्ट्रपति भवनमा छलफल सुरु भएको छ। बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न जानुलाई...

एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने
-न्युजभित्तो

काठमाडौं, २३ वैशाख । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव...

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुन लागेको बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ । माधव नेपाल पक्षले...

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था...

प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ
-न्युजभित्तो

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। बुढानिलकण्ठमा यतिबेला छलफल चलिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
-न्युजभित्तो

लुम्बिनी, २२ वैशाख । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराउनुभएको हो । मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८...