सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १६:११ 
  • लुम्बिनी, २२ वैशाख । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराउनुभएको हो ।

    मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गर्नुभएको थियो ।

    पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो । शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव हुनुहुन्छ ।

    नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन् । लगानी सम्मेलन कात्तिकमा मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी जेठ ६ र ७ गतेका लागि आयोजना गरिएको प्रदेश लगानी सम्मेलनको मिति पुनः सार्ने निर्णय गरेको छ । यसअघि अघिल्लो वर्ष आयोजना गर्ने भनिएको लगानी सम्मेलन कोरोना संक्रमण महामारीका लागि स्थगन गरिएको थियो ।

    स्थगित लगानी सम्मेलन आगामी कात्तिक २७ र २८ गतेका लागि तोकिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोभिड महामारी रोकथामका विभिन्न कार्यका लागि खर्च गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा रु ७९ लाख बजेट पठाउने निर्णय पनि गरिएको आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको छ ।

    रुपन्देही र बाँके जिल्लाका लागि रु १०–१० लाख, कपिलवस्तुलाई रु आठ लाख, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), दाङ र बर्दियाका लागि रु सात लाखका दरले रु २१ लाख तथा रुकुम(पूर्व), रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पाका लागि रु पाँच लाखका दरले पठाउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.