राजनीति

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ: प्रधानमन्त्री कार्की
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । आज कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पु्र्याउन सबैलाई धन्यवाद...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’
-न्युजभित्तो

गोदावरी (कैलाली), ४ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उहाँले पेट्रोलियम पदार्थ तथा...

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
-न्युजभित्तो

ललितपुर, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण...

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ ।  नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । रासस ...

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई...

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर...

उपराष्ट्रपतिद्वारा शोक व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।  उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको...

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
-न्युजभित्तो

पाटन (ललितपुर), ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन...

राष्ट्रपतिद्वारा शोक व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको...