राजनीति

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
-न्युजभित्तो

दमौली (तनहुँ), १५ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई...

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’
-न्युजभित्तो

तानसेन (पाल्पा), १५ माघ । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ...

मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को
-न्युजभित्तो

धनुषा, १५ माघ । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी गत भदौमा भएको नवयुवाको...

प्रतिनिधिसभा निर्वाचनः नदी नियन्त्रण र वन संरक्षण मतदाताका मुख्य माग
-न्युजभित्तो

महोत्तरी, १५ माघ । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल सुरु भएको छ । चुरे क्षेत्र ओगटेको यस क्षेत्रमा वन सम्पदा संरक्षण र नदी नियन्त्रण मतदाताका मुख्य माग बनेका छन् । जिल्लाको सुदूरउत्तरका बर्दिबास नगरपालिकाका १४ ९सबै०, गौशाला...

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा
-न्युजभित्तो

धनकौल (सर्लाही), १४ माघ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताउनुभएको छ । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका...

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार: उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न गरिएको हो । त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण...

पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै...

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्नरगराउन निर्देशन जारी गरेको छ । कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
-न्युजभित्तो

चितवन, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय...